१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

टि २० विश्वकप छनौट खेल: भोलि नेपाल र सिंगापुरबिच प्रतिस्पर्धा हुने

आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट भोलि देखि कार्तिक १९ गतेसम्म नेपाल हुने भएको छ । मुलपानी क्रिकेट मैदान र किर्तिपुर क्रिकेट मैदान हुने यो प्रतियोगितामा भोलि नेपालले सिंगापुरसँग खेल्दैछ। खेल बिहान ९ बजे किर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ । उपाधिको दाबेदार नेपाल सिंगापुरलाई हराउँदै सानदार सुरुवात गर्न चाहन्छ । 

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट टोलीमा परिवर्तन गर्ने सम्भावना रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने थिएनन् । सन्दीप विश्वकप छनोट टोलीमा छन् ।सन्दीप टोलीमा फर्किदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने हुन्छ ।

यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।समूह ए मा आयोजक नेपालसंगै मलेसिया, सिंगापुर र ओमान मा छन् । समूह ए का सबै खेल  किर्तिपुर क्रिकेट मैदानमा हुनेछन्।समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन्।समूह बी का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। समूह ए  र समूह बीबाट शीर्ष दुई  दुई टोली सेमिफाइनल पुग्नेछन् ।  फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

नेपालको सम्भावित प्लेइङ ११  

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।

प्रकाशित: १२ कार्तिक २०८० १४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App