१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी विश्वकप क्रिकेटः इङ्ल्यान्डले भारतको तेस्रो विकेट लियो

विश्वकप क्रिकेटमा आयोजक भारतविरुद्ध  साविक विजेता इङ्ल्यान्डलाई तेस्रो विकेट हात लागेको छ।तेस्रो विकेटको रुपमा भारतका श्रेयस अय्यर  व्यक्तिगत ४ रन बनाउँदा आउट भए।

भारतले तेस्रो विकेट ११दशमलब  ५ ओभरमा ४० रन हुँदा गुमाएको हो। यस अघि भारतले पहिलो विकेट ४ ओभरमा २६ रन हुँदा शुभमन गिललाई तथा दोस्रो विकेट विराट कोहलीलाई ६ दशमलब ५ ओभरमा २७ रन हुँदा गुमाएको हो। शुभमन गिल ९ रनमा तथा विराट कोहली ० रनमा आउट भए। इग्ल्याण्डका क्रिस वोक्सले शुभमन गिल र श्रेयस अय्यर आउट गरे भने डेविड विलीले विराट कोहलीलाई आउट गरे।

भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा भइरहेको  खेल दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा  इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएको हो। ताजास्थीतीमा भारतले १५ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारतले जारी प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएको छ। हालसम्म ५ खेल खेलेको भारतले ५ वटैमा जित पारेको छ अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ। तर, जोश बटलरको कप्तानीमा रहेको साविक विजेता इङ्ल्यान्डले खासै राम्रो प्रदर्शन गरेको छैन। समान ५ खेलेको इङ्ल्यान्ड १ खेलमा मात्रै जित पारेर अङ्क तालिकाको पुछारमा रहेको छ।

विश्वकपको इतिहासमा भारत र इङ्ल्यान्डबीच ८ वटा म्याच भएको छ। जसमा भारतले मात्रै ३ खेलमा जित हात पारेको छ भने इङ्ल्यान्डले ४ खेल जितेको छ। विश्वकपमा भारतले पछिल्लो समय २००३ मा इङ्ल्यान्डलाई पराजित गरेको थियो। २०११ को विश्वकप क्रिकेटमा दुबै टिमबीचको म्याच टाइ भएको थियो। जबकि २०१९ मा भारत इङ्ल्यान्डसँग ३१ रनले पराजित भएको थियो।

आजको खेलमा भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै विश्वकपमा इङ्ल्यान्डसँगको जितलाई बराबरीमा ल्याउन चाहन्छ। यस्तै आजको खेलमा भारतले आफ्नो प्लेइङ्ग ११ मा आर अश्विनलाई समावेश गर्ने तयारी गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८० ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App