१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्धारा पाकिस्तान १ विकेटले पराजित

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले  पाकिस्तानलाई पराजित गरेको छ।

दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।

भारतको एमए चिदम्बरम् क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा  पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ४६ दशमलब ४ ओभरमा २७० रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा दक्षिण अफ्रिकाले ४७ दशमलब २ ओभरमा ९ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि सबैभन्दा एडन मारक्रमले ९१ रन बनाए । त्यसैगरी डेविड मिलरले २९ रन ,कप्तान तेम्बा बवूमाले २८ रन तथा क्विंटन डिकॉक २४ रन बनाए ।

पाकिस्तानका लागि शाहीन शाह अफ़रीदी ३ विकेट तथा हारिस रउफ़,मोहम्मद वसीम र उसामा मीरले दुई दुई विकेट लिए।  

पाकिस्तानको पालीमा  सबैभन्दा वढि सऊद शकील ५२ रन बनाए । त्यसैगरी कप्तान बाबर आजमले ५० रनको योगदान दिए । मोहम्मद रिज़वान ३१ रनमा, शादाब ख़ान ४३ रनमा , मोहम्मद नवाज़ २५ रनमा आउट भए।

दक्षिण अफ्रिकाका लागि तबरेज़ शम्सीले ४ विकेट,मार्को यानसनले ३ विकेट,जेराल्ड कट्ज़ीले २ विकेट तथा लुंगिसानी एनगिडीले १ विकेट लिए।  

यो जितसंगै दक्षिण अफ्रिका  ६ खेलमा ५ जितसंगै १० अंकका साथ तालिकाको पहिलो स्थानमा पुगेको छ । ५ खेलमा ५ खेलै जितेर १० अंक पाए पनि आयोजक भारत रन रेटका आधारमा दोश्रो स्थानमा रहेको छ । पाकिस्तान ६ खेलमा २ जित र ४ हारसंगै ४ अंकका साथ तालिकाको छैठौ स्थानमा रहेको छ।  

प्रकाशित: १० कार्तिक २०८० १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App