२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र श्रीलङ्काबिच खेल जारी,इङ्ल्यान्डकाे २ विकेट गयाे

विश्वकप क्रिकेटमा अहिले इङ्ल्यान्ड र श्रीलङ्काबीच खेल भइरहेको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेमा  इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोजेको छ । इङ्ल्यान्डका डाविड मलान २८ रन बनाएर एंजलो मैथ्यूजको बलमा आउट भएका छन । इग्ल्यान्डले पहिलो विकेट ६ दशमलब ३ ओभरमा ४५ रन हुँदा गुमाएको हो । इग्ल्याण्डले दोस्रो विकेट  ९ ओभर ४ बलमा ५९ रन हुँदा गुमाएको छ । दोस्रो विकेटको रुपमा जो रूट  ३ रन बनाउँदा रन आउट हुन पुगे । 

ताजास्थीतीमा इङ्ल्यान्डले १२ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ । 

साविक विजेता इङ्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा श्रीलङ्का कुशल मेन्डिसको कप्तानीमा मैदान उत्रेको  छ। 

साविक विजेता इङ्ल्यान्डले जारी सिजनको खेलमा खासै राम्रो प्रदर्शन गरेको छैन। हालसम्म ४ खेल खेलेको इङ्ल्यान्डले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यस्तै श्रीलङ्काले पनि जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको श्रीलङ्काले १ मा मात्रै जित हात पारेको छ। तर, रनरेटको आधारमा भने श्रीलङ्का अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: ९ कार्तिक २०८० ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App