१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्धारा इग्ल्याण्ड २२९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इग्ल्याण्डलाई  २२९ रनले पराजित गरेको छ ।

यस अघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनाएको थियो।  

जितको लागि ४०० रनको विशाल लक्ष्य पछ्याएको साबिक विजेता इग्ल्याण्ड २२ ओभरमा १७० रनमात्र बनाउँदा अल आउट हुन पुग्यो र खेल २२९ रनले हार्यो।  

यो हारसंगै इग्ल्याण्डको सेमिफाइलमा पुग्ने सम्भावना कमजोर बनेको छ। इग्ल्याण्ड ४ खेलबाट जम्मा २ अंक पाएर अंक तालिकाको नबौ स्थामा रहेको छ भने दक्षिण अफ्रिका ४ खेलबाट ३ मा जित र १ मा हारसंगै ६ अंकका साथ तालिकाकाे तेस्रो स्थानमा उक्लेको छ।    

यस अघि दक्षिण अफ्रिकाको लागि हेनरिक क्लासेन ६७ बलमा १२ चौका र  ४ छक्कासंंगै १०९ रनको योगदान दिए । त्यसैगरी रीज़ा हेंड्रिक्सले ८५ रन, रासी वान दर दुसें ले ६० रन तथा कप्तान एडन मारक्रमले ४२ रन बनाए।  

इग्ल्याण्डका लागि रीस टॉप्लीले ३ विकेट आदिल रशीद र गस ऐटकिंसनले दुई दुई विकेट लिए।  

इग्ल्याण्डको पालीमा मार्क वुड ४३ रन,गस ऐटकिंसनले ३५ रन तथा हैरी ब्रूकले १७ रन बनाए।  

दक्षिण अफ्रिका लागि जेराल्ड कट्ज़ीले ३ विकेट तथा लुंगिसानी एनगिडी रमार्को यानसनले दुई दुई विकेट लिए।त्यसैगरी कगिसो रबाडा र केशव महाराजले एक एक विकेट लिए।  

प्रकाशित: ४ कार्तिक २०८० १७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App