२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट:श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

भारतमा जारी विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ। भारतको लखनऊमा आज सम्पन्न  खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो। ४ खेलपछि श्रीलंकाले पहिलो जित दर्ता गर्दै २ अंक बटुलेको छ।

यस अघि नेदरल्याण्ड्सले पहिला व्याटिङ गर्दै ४९ दशमलब ४ ओभरमा २६२ रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा श्रीलंकाले ४८ दशमलब २ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो।  

श्रीलंकाको लागि सबै भन्दा वढि सदीरा समराविक्रमाले ९१ रन बनाए।त्यसैगरी पथुम निसंकाले ५४ रन,चरिथ असलंकाले ४४ रन तथा धनंजय डीसिल्वाले ३० रन बनाए।  

नेदरल्याड्सका लागि आर्यन दत्त१० ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए। त्यसैगरी पॉल वैन मीकरेन र कॉलिन ऐकरमैनले एक एक विकेट लि ।  

नेदरल्याड्सको पालीमा साइब्रैंड एंगलब्रेख्तले सबै भन्दा वढि ७० रन बनाए । त्यसैगरी लोगन वैन बीकले ५९ रन , कॉलिन ऐकरमैनले २९ तथा मैक्स ओुडाउड र कप्तान स्कॉट एडवर्ड्सले  १६ /१६ रन बनाए।

श्रीलंकाको लागि दिलशान मदुशंका र  कसुन रजिताले चार चार विकेट लिए।  

प्रकाशित: ४ कार्तिक २०८० १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App