४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध भारतले टस जित्यो

विश्वकप  क्रिकेट  २०२३ अन्र्तगत पाकिस्तानविरुद्ध घरेलु टोली भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने यो खेलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेल नेपाली समय अनुसार दिउँसो २:१५ देखि सुरु हुनेछ ।  

जारी विश्वकप क्रिकेटमा दुवैको यो तेस्रो खेल हो।यस अघि दुवैले लगातार दुवै खेल जितेका छन। अंक तालिकामा भारत तेस्रो तथा पाकिस्तान चौथो स्थानमा रहेका छन।

५० ओभरको विश्वकप क्रिकेटमा यी दुई विच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । सातै पटक भारतले पाकिस्तानलाई हराएको छ । टी २० विश्वकपमा पनि यी दुई सातै पटक आमने सामने भएका छन । ५ पटक भारतले खेल आफ्नो पक्षमा पारेको छ भने एक पटक पाकिस्तानले भारतलाई हराएको छ। एक पटक भने खेल बराबरीमा सकिएको छ। विश्वकप क्रिकेटमा भारतले दुई पटक उपाधि जितेको छ भने पाकिस्तानले एक पटक उपाधि हात पारको छ ।

एक दिवसीय खेलमा भारत र पाकिस्तान विच अहिले सम्म १३४ पटक प्रतिस्पर्धा भएको छ। पाकिस्तानले ७३ पटक खेल जित्दा भारतले ५६ पटक पाकिस्तानलाई पराजित गरेको छ भने ५ पटक खेल बराबरीमा सकिएको छ । त्यसैगरी टी २०मा १२ पटक प्रतिस्पर्धा हुँदा भारतले ९ तथा पाकिस्तानले ३ पटक खेल जितेका छन। त्यसैगरी टेस्ट क्रिकेटमा अहिले सम्म भारत र पाकिस्तान विच ५९ पटक खेल भएको छ । १२ पटक पाकिस्तानले भारतलाई हराएको छ भने भारतले ९ पटक खेल जितेको छ। त्यसैगरी ३८ पटक खेल बराबरीमा सकिएको थियो।

पाकिस्तानको प्लेइङ ११

इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर) साउद सकिल, इफ्तिखर अहमद, मोहम्मद नवाज, शादब खान, शाहिन शाह अफ्रिदी, हरिस रौफ र हसन अली ।

भारतको प्लेइङ ११

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर (विकेटकिपर), लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज र कुलदीप यादव ।

प्रकाशित: २७ आश्विन २०८० ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App