१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल र लाओसबीचको खेल हेर्न ३ सय देखि ५ सय तिर्नुपर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबिचको खेलका लागि साधारण पारा पिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पारा पिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो। खेलको टिकट अखिल नेपाल फुटबल संघ एन्फा आफैँले व्यवस्थापन गरी बिक्री गर्नै बताइएको छ।

खेलको लागि लाओस ९ अक्टोबरमा नेपाल आउने र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ। प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ।

 फिफा वरियताको १८६ औं स्थानमा रहेको लाओससँग १७५ औं स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ। खेलको कमर्सियल एण्ड मिडिया राईड्स सिंगापुरस्थित स्पोर्ट लाइभलाई प्रदान गरिएको छ। खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: १९ आश्विन २०८० ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App