३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

मिल्सबेरीलाई उपाधि

मिल्सबेरीले शुक्रबार नवौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ‘ए’ लेभल एकेडेमीमा भएको फाइनलमा मिल्सबेरीले नामीलाई ८–६ ले पराजित गर्‍यो।

मिल्सबेरीका विशेष शाक्यले ४ तथा सारांश भट्टराई र संघर्ष कठायतले समान २/२ स्कोर गरे। नामीका पामेहाङ राईले ६ अंक जोडे। मिल्सबेरीका विशेष शाक्य ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

त्यसअघि शुक्रबारै भएको सेमिफाइनलमा मिल्सबेरीले आयोजक काष्ठमण्डपलाई १५–१४ तथा नामीले इस्लिङ्टनलाई ११–५ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक एवं प्रिन्सिपल डा. शिवा थापा र काष्ठमण्डपकी संस्थापक इला पियाले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुईदिने प्रतियोगितामा ६ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसिए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०८२ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App