९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

१३ औँ संस्करणको विश्वकप क्रिकेट आजबाट सुरु हुँदैछ।  

भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ। आजको पहिलो खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।  

आजको पहिलो खेल संसारकै सबैभन्दा ठूलो मानिएको अहमदावस्थित नरेन्द्र मोदी किक्रेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः १५ बजे सुरु हुनेछ। इंग्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रने छ भने न्यूजील्यान्ड केन विलियमसनको कप्तानीमा मैदान उत्रने छ। दुबै टोली विश्वकपका बलियो दाबेदार मानिन्छन्।

१० राष्ट्र सहभागी सन् २०२३ को विश्वकपको आयोजक भारत हो। आयोजक भारतले अक्टुबर ८ मा आफ्नो पहिलो खेल अस्ट्रेलियाविरुद्ध खेल्नेछ।  

प्रतियोगितामा अफगानिस्तान, अस्ट्रेलिया बङ्गलादेश, भारत, इंग्ल्याड, नेदरल्याड्स, न्यूजिल्याड ,पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० टोली सहभागी छन्।  

प्रकाशित: १८ आश्विन २०८० ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App