४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप वार्मअप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

भारतमा भोलि देखि शुरु हुने १३ औ  आइसिसी विश्वकप क्रिकेटको पूर्वसन्ध्यामा खेलिएको  वार्मअप खेलमा अष्ट्रेलियाले पाकिस्तान १४ रनले हराएको छ।  

यस अघि पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारीत  ५० ओभरम ७ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४७दशमलब ४ ओभरमा ३ सय ३७ रन बनाएर सबै विकेट गुमायो।

पाकिस्तानका कप्तान बाबर आजमले ५९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९० रन बनाउँदै रिटायर्ड आउट भए पनि खेल जिताउन सकेनन। त्यस्तै इफ्तिखर अहमदले  ८३ रन बनाए। मोहम्मद नवाजले  ५० र फखार जमान २२ रन बनाए। 

अष्ट्रेलियाका मार्नस लाबुसेनले ८दशमलबा ४ ओभरमा ७८ रन खर्चेर ३ विकेट लिए।मिचेल मार्श र प्याट कमिन्सले दुई दुई विकेट लिए ।  ग्लेन म्याक्सवेल र शन एबोटले समान एक विकेट लिए।

त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो।

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले  सर्वाधिक ७७ रनको योगदान दिएका थिए । त्यस्तै क्यामरन ग्रीनले  ५० रन बनाए।  जोश इंग्लिस र डेभिड वार्नरले  ४८/४८ रन बनाए।

पाकिस्तानका उस्मा मिर ५ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।हरिस रौफ, मोहम्मद वासिम जुनियर, शादब खान र मोहम्मद नवाजले समान एक विकेट लिएका थिए।विश्वकपमा पाकिस्तानले शुक्रबार नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ।अष्ट्रेलियाले आइतबार भारतसँग खेल्नेछ।विश्वकपको पहिलो खेलमा भोलि बिहीबार साविक विजेता इंग्ल्यान्ड र साविक उपविजेता न्युजिल्यान्डबीच खेल हुनेछ।

प्रकाशित: १७ आश्विन २०८० ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App