१० असार २०८१ सोमबार
image/svg+xml
खेल

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन्।

महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन्। आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो। महिला सिङ्गल्समै नेपालकी अनुमाया राई थाइल्यान्डकी पोर्नपावीसित २१–१० र २१–४ अङ्कले पराजित भइन्।

यस्तै महिला डबल्सतर्फ नेपालका नीता लम्साल र नङ्सल तामाङको जोडी चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीसित २१–१ र २१–५ अङ्कले तथा नेपालका रशिला महर्जन र अनुमाया राईको जोडी इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसित २१–३ र २१–७ अङ्कले पराजित भए। 

प्रकाशित: १६ आश्विन २०८० १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App