१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि त्यो सम्भव हुन नदिएको दाबी गरे।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गरे।

‘हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुराहरू आउँछन्। अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएको बेलै देखि हाे, मैले भनेकाे थिए: मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला। अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध पनि गतिविधि गर्ने हो।’

प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए।

प्रकाशित: ८ असार २०८१ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App