१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध पाँच ओभरमै ३ विकेट लिन सफल भएको छ।
कुसल मल्लको किर्तिमानी सतकसंगै ३१५ को लक्ष्य दिएको मंगोलियालाई नेपालले ५ओभरमै ३ विकेट लिएको हो । ताजास्थीतीमा मंगोलियाले ५ ओभरमा ३ विकेट गुमाउँदै जम्मा १९ रन बनाएको छ । नेपालका लागि करण केसीले २ ओभरमा १ मेडन ओभरसंगै २ विकेट लिए।त्यसैगरी सोमपाल कामीले २ ओभरमा ६ रन दिएर १ विकेट लिए । गुलसन झाले १ ओभरम ७ रन खर्चेर कुनै विकेट लिन सकेनन।
प्रकाशित: १० आश्विन २०८० ०३:३८ बुधबार