१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सकियो खेलौना मेला

स्टेसनरी तथा खेलौना बजारमा नयाँ उत्साह छर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा राजधानीमा सञ्चालित दुईदिने खेलौना मेला शुक्रबार सम्पन्न भएको छ। मेलामा भारतीय बजारका ४३ व्यवसायीले स्टल राखेको महासंघका अध्यक्ष सञ्जयकुमार चौधरीले बताए।

‘नेपाली बजारमा बलिया भारतीय खेलौनाको प्रवेश गराउन मेला आयोजना गरेका हौं’, अध्यक्ष चौधरीले भने, ‘यसबाट नेपालमै गुणस्तरीय खेलौना उत्पादन गर्ने माहोल तयार भएको छ।’ बजारमा सुस्ताउँदै गरेको पुस्तक तथा स्टेसनरी व्यवसायमा खेलौनासमेत जोडिँदा व्यवसायले नयाँ आयाम पाउने चौधरीको बुझाइ छ।

दिल्ली, मुम्बई लगायतका सहरबाट आएका व्यवसायीले मेलामा सहभागिता जनाएका थिए। स्टलमा स्टेसनरी सामग्री, पुस्तक, केटाकेटीका साइकल तथा मोटरसाइकल, प्राथमिक तहका विद्यार्थीका खेलौना, खेलकुदका विविध सामग्री राखिएका थिए।

नेपाली उपभोक्ताले खेलौनाप्रति देखाएको चासोले आफूहरू उत्साही भएको भारतीय व्यवसायीले बताए। ‘नेपाली उपभोक्ताले हामीले ल्याएका खेलौना मन पराएको पायौं’, भारतीय व्यवसायी कल्पेश साहले भने, ‘नेपालीसँग मिलेर खेलौना उत्पादन गर्न हामी उत्साहित छौं।’

प्रकाशित: ६ आश्विन २०८० ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App