२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कपः आज उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

एसिया कप २०२३ को फाइनल खेल आज हुँदैछ। श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ। आजको खेलमा भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने श्रीङ्का दासुन शनाकाको कप्तानीमा मैदान उत्रने छ।

भारतले हालसम्म ७ पटक एसिया कपको उपाधि जितिसकेको छ भने श्रीलङ्काले ५ पटक उपाधि उचालेको छ। भारतले ३ पटक श्रीलङ्कालाई फाइनलमा पराजित गरेको छ।

आजको खेलमा जित हात पार्दै भारत ८ औँ पटक उपाधि उचाल्न चाहन्छ भने श्रीलङ्का छैठौँ पटक। एसिया कपको वान डे फर्म्याटमा भारत र श्रीलङ्काबीच २० म्याच भएको छ। ज्समा भारतले १० खेलमा जित हात पारेको छ भने श्रीलङ्काले पनि समान १० म्याचमा जित हात पारेको छ।  

प्रकाशित: ३१ भाद्र २०८० ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App