१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रजत पदक जितेका अभयलाई स्वागत एवं सम्मानको ओइरो

गत भदौ ५ गते काठमाण्डौमा सम्पन्न दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मानको ओइरो लागेको छ । मिक्स टिम इभेन्टमा समेत नेपाललाई अभयको जोडीले कास्य पदक दिलाएका थिए ।अभयलाई शुक्रवार देखि नै स्वागत र सम्मानको ओइरो लागेको हो ।कपिलवस्तु ब्याडमिन्टन संघको आयोजनामा तौलिहवा स्थित कभर्ड हलमा स्वागत एवं सम्मान कार्यक्रममा उनलाई  सम्मानित गरिएको थियो।

 शुक्रवार मात्र उनलाई कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सम्मानित गरेका थियो । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल ,बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, प्रजिअ शंकर हरि आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी सहितको टोलीले अभयलाई दोसल्ला, खादा, टीका तथा प्रशंसा पत्रले सम्मानित गरेका थिए । सो अवसरमा प्रदेश सदस्य पाण्डेयले नेपाल तथा देशलाई नै पदक दिलाएर अभयले देश कै शान उँचो राखेको बताए । उनले अभय सहित का सबै खेलाडीहरूलाई तीनै तहको सरकारले लगानी गरी उत्साह बढाउनु पर्ने बताए। 

सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले अभयले देश र जिल्ला कै नाम राखेको भन्दै बधाई दिए । उनले सकारले खेलाडीलाई प्रोत्साहित गर्नु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले अभयले सानो उमेर मै जिल्लाको शिर उँचो राखेको भन्दै आफुलाई जिल्लावासी हुनुमा गर्व लागेको बताए । उनले खेल र खेलाडीको विकासकालागि आफूले लगानी बढाउँदै जानु पर्ने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष दिनेश हमाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले समेतले अभय र उनका बुवा एडीशन महरा, हजुर बुवा बसन्त महरालाई सम्मानित गरेका थिए । कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको थियो । सशस्त्र प्रहरी बलको हल चोक स्थित कबर्डहलमा सम्पन्न फाइनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको हो। 

प्रकाशित: १६ भाद्र २०८० ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App