२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।

नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एसिया क्वालिफायर खेल्दै छ। सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा शृंखला खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आफ्नो सामाजिक सञ्जालर्माफत मलेसियामा ट्वान्टी-२० शृंखला खेल्ने जनाएको हो। घरेलु टोली मलेसियासहित नेपाल, कुवेत र हङकङले उक्त शृंखलामा प्रतिस्पर्धा गर्नेछन्। उक्त शृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ।

पाँच दिन चल्ने शृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ। नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ।

नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ। फाइनल खेल अगस्ट २६ मा हुनेछ। क्यानले ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायरका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ।

भारतीय प्रशिक्षक देविका दिलीप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीबार मात्रै रुबिनाको नेपाली टोली घोषणा गरिएको हो। खुसी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

रुबिनाको कप्तानीमा रहेको नेपाली टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन् ।

प्रकाशित: २८ श्रावण २०८० ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App