आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट नौ जना महिला नेतृले टिकट पाएका छन्। प्रत्यक्षतर्फ ९ मध्ये पाँच जना पूर्वमन्त्री समेत रहेका छन्।
एमालेले पूर्वमन्त्री भगवती चौधरी, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, भगवती न्यौपाने र बिमला बिकलाई आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ। जसमध्ये भगवती चौधरी सुनसरी ४, जुलीकुमारी महतो धनुषा ३, ज्वालाकुमारी साह बारा ३, भगवती न्यौपाने तनहु १ र बिमला बिक बर्दिया २ उम्मेदवार बनेका छन्।
यस्तै कञ्चनपुर १ मा कमला बोहोरा, बागलुङ २ मा मञ्जु शर्मा चालिसे, ओखलढुंगा २ मा अस्मिता थापा र सोलुखुम्बुमा कल्पना राई उम्मेदवार बनेका छन्।
प्रकाशित: ४ माघ २०८२ ०८:५४ आइतबार





