२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा आजदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु भएको छ।

प्रशिक्षण कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन झएको हो।प्रशिक्षण कार्यक्रम (आज र भोलि गरी) दुई दिनसम्म सञ्चालन हुनेछ । यो कार्यत्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिने कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । उनले डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा पहिलो पटक भएको बताए। कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्वमा जोड दिन आवश्यक रहेको जानकारी दिए । नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी गठन हुने क्रममा छ । नेपाल एन्टि डोपिङ एजेन्सी युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वायत्त निकायको रुपमा गठन हुनेछ ।

प्रशिक्षक प्रशिक्षणका लागि नाडाबाट तीन जना विशेषज्ञ आएका छन। प्रशिक्षकमा नाडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहेका छन । ६ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नविसमानसिंह प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन्।  

प्रकाशित: २० श्रावण २०८० ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App