११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

स्कुल टु ओलम्पिकमा अन्तरक्रिया

नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ।

नेपाली ओलम्पियनहरूको छाता संगठन ओलम्पियन संघले कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपिएफ स्कुलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरूबारे परिचयात्मक कार्यक्रमसहित स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो। ओलम्पियनले स्कुलमा हलुवाबेदको रूख रोपेका थिए। वृक्षरोपणमा ओलम्पिकका चार पटक सहभागी कीर्तिमानी वैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजाल थिए। राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ पनि वृक्षरोपणमा सहभागी थिए।  

त्यसपछि आयोजित अन्तरक्रियामा ओलम्पियनले झन्डै चार सयको संख्यामा रहेका विद्यार्थीसँग अनुभव साट्दै उनीहरूको जिज्ञासामा जबाफ दिए। नेपाल ओलम्पिक संघका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महŒव र ओलम्पिक चार्टर तथा नेपालमा ओलम्पिक अभियानबारे प्रकाश पारे। ओलम्पियन मानन्धरले नेपाली ओलम्पियनहरूले आफ्नै बलबुताले नेपाल र नेपालीको गौरव उचो राख्ने काम गरेको बताए। एपिएफ स्कुलका धावक अजित यादवले जुनियर एसियन च्याम्पियनसिप जितेको उदाहरण दिँदै सबैले खेलकुदमा आफ्नो छुट्टै स्थान बनाउन सक्ने भएकाले दत्तचित्त भएर लाग्न सुझाव दिए।  

त्यस्तै छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने नेपालको पहिलो पुरुष खेलाडी दीपक विष्टले आफूले निकै ढिलो तेक्वान्दो सुरु गरेर पनि सफलता प्राप्त गरेको भन्दै सानै उमेरबाट खेलकुदमा लागे सफलता छिटो हात लाग्ने बताए। धावक राजेन्द्र भण्डारीले डोपिङ प्रकरणमा परेर सागको २ वटा स्वर्ण गुमाएको प्रसंग जीवनको कालो दिनको रूपमा लिएको बताए। तर, आपूmमाथि लागेको दागलाई मेट्नैपर्छ भन्ने उद्देश्य लिएर अघि बढ्दा नै सागमा अर्को स्वर्ण जित्न सकेको उनले सुनाए। ओलम्पियन प्रमिला रिजालले महिलालाई अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रमा लाग्न पनि सजिलो नरहेको बताइन्। घरपरिवार र समाजको बन्धनलाई चिर्दै अघि बढेकाले नै आपूm एपिएफ क्लबको एक मात्र ओलम्पियन हुन सकेको उनले सुनाइन्।  

कार्यक्रममा फुटबलका पूर्वकप्तान अनिल गरुङले नाम र दामको लागि भन्दा पनि राष्ट्रको लागि केही गर्ने र राष्ट्रिय झन्डा अंकित जर्सी लगाउने लोभमा आपूm फुटबलमा लागेको सुनाए। अन्तरक्रियामा विद्यार्थीले खेलाडीहरूलाई नेपालमा खेल र खेलाडीको अवस्था, खेलमा लागेर हुन सक्ने कमाइ, राज्यले लिएको खेलनीति र ओलम्पिकमा सहभागिता जनाउन गर्नपर्ने मिहिनेतबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा एपिएफ स्कुलका विद्यार्थीले नृत्य र तेक्वान्दोको फाइट प्रस्तुत गरेका थिए।  

एपिएफ स्कुलका प्रधानाध्यापक युवराज पराजुली र स्कु इन्चार्ज डिएसपी लक्ष्मी थपलियाले ओलम्पियनलाई मायाको चिनो हस्तान्तरण गरेका थिए। ओलम्पियनको जीवनबाट विद्यार्थीहरूले धेरै ज्ञान सिक्ने मौका पाएको उनीहरूको धारणा थियो। संघले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरिसकेको छ। छिट्टै नै गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम गरिने संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०८० ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App