३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई पहिलो विकेट हात लाग्यो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा  युएई ए विरुद्ध नेपाललाई पहिलो विकेट हात लागेकाे छ ।  

नेपालका लागि पहिलो विकेट कुसल मल्लले दिलाएका हुन ।उनले १० दशमलब ४ ओभरमा टोलीका लागि पहिलो विकेट दिलाएका हुन। पहिलो विकेट झर्दा युएई ए ३९ रन मात्र रहेको छ । पहिलो पावर प्ले सकिदा युएई ए  कुनै नगुमाइ ३४ रनमा रहेको थियो । ताजास्थीतीमा युएई ए ले १४ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको छ।

श्रीलंकामा जारी यो प्रतियोगितामा  युएई ए ले टस जितेर नेपाललाई  पहिला बलिङ गर्ने  निम्तो दिएको हो।यस अघि यी दुवै टोली दुवै खेलमा पराजित हुँदै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरी सकेका छन।

नेपालले पहिलो खेलमा पाकिस्तान ए संग तथा दोश्रो खेलमा भारत ए संग पराजय भोगेको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ७९ र दोश्रो खेलमा भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, श्याम ढकाल, प्रतिश जि।सी, किशोर महतो र सन्दीप जोरा

आजै भारत ए र पाकिस्तान ए बीच पनि खेल हुँदैछ । यी दुई बीचको खेल नेपाली समय अनुसार दिउसो २स् १५ मा शुरु हुनेछ । बिजेता टोली समूहमा पहिलो हुनेछ । दुबै टोलीले यस अघि खेलेका दुवै खेल जितेका छन । उता समूह ए मा आयोजक श्रीलंका , बंगलादेश र अफगानिस्तान तीनै टोलीले समान ४ अंक पाए पनि  रन रेटका आधारमा  श्रीलंका र  बंगलादेश सेमीफाईनलमा पुगेका छन । ओमान भने खेलेका ३ वटै खेल हारेर अंक विहिन बन्न पुगेको छ।  

प्रकाशित: ३ श्रावण २०८० ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App