१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इमर्जिङ एसिया कपः खस्यो नेपालको छैठौ विकेट, आउट भए सोमपाल कामी

फाइल तस्बिर

पछिल्लो पटक सोमपाल कामीको विकेट झरेको छ । २४ ओभर खेलेर ९० रन बनाएको नेपालकाे अहिलेसम्म छैठौ विकेट झरेको हो । सोमपाल कामीसहित कुशल मल्ल, भीम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्। 

क्याप्टेन रोहित शर्मा र सोमपाल कामीको पार्टनरसिप जमेको थियो । उनीहरूले ८० बल खेलेर ५० रन बनाएका थिए । अहिले क्रिजमा क्याप्टेन शर्मा र गुल्शन झाले ब्याटिङ गरिरहेका छन्। झा सातौँ विकेटका रूपमा मैदानमा उत्रिएका छन्। 

यसअघि कुशल मल्ल ह्याङगर्गेकरको बलमा अभिषेक शर्माको हातबाट क्याच आउट भएका हुन । यो विकेटसँगै नेपालको पावर प्ले पनि सकिएको छ । यसअघि भीम सार्की ८ बल खेलेर एक चौकासहित आउट भएका हुन। उनी पनि भारतीय बलर हर्सित रानाको बलमा आउट भएका हुन। 

यसअघि देव खनालको विकेट गएको थियो । यसअघि आसिफ आउट भए । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्धको खेलमा पहिलो विकेट कुशल भुर्तेल गएको थियो । उनी दोस्रो बलमै आउट भएका थिए। मल्ल भारतीय बलर हर्सित रानाको बलमा एलबीडब्लू भएका हुन् ।

श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमादासा रङ्गशालामा नेपाल र भारत बिच प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । 

प्रकाशित: १ श्रावण २०८० १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App