नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' सँगको खेलमा खराब शुरुवात गरेको छ। श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।
ताजा अवस्थामा नेपाल पावर प्ले सकिँदा नेपाल १० अाेभरमा ४३ रन ६ विकेटको क्षतिमा खेलिरहेको छ। नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।
प्रकाशित: २९ असार २०८० ०५:२८ शुक्रबार





