१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो

एपिएफविरुद्ध स्पाइक गर्दै टिपटप हेल्प नेपालका खेलाडी। तस्बिर: नागरिक

तीन पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लब जारी सातौं प्रधानमन्त्री कप क्लब भलिबल लिगको पुरुषतर्फ फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा हेल्प नेपालले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलको सम्भावना बलियो बनाएको हो।

तीन पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लब जारी सातौं प्रधानमन्त्री कप क्लब भलिबल लिगको पुरुषतर्फ फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको अर्को खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै शीर्ष दुई स्थानमा रहेर फाइनल पुग्ने सम्भावना जीवन्त राखेको छ। एपिएफले पाँचौं सेटमा पोइन्ट जोगाउन नसक्दा हार बेहोर्न बाध्य भएको हो।

यो सेटमा एपिएफले सुरुआतदेखि नै अग्रता लिँदै १४–११ को म्याच पोइन्टको अवसर पाए पनि जोगाउन सकेन। उक्त खेलमा हेल्प नेपालले एपिएफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले हराउँदै पाँच खेल सकिँदा १३ अंकसहित शीर्ष स्थानमा ओगटेको छ।

अर्को खेलमा पुलिसले आर्मीलाई २५–२१, २८–२६ र २५–१४ को सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।

यता, आर्मी पुलिससँग सोझो सेटमा हारेपछि दबाबमा परेको छ। आर्मीको पाँच खेलबाट ११ अंक छ। एपिएफको पनि पाँच खेलबाट ११ अंक छ। शीर्ष चार स्थानमा रहेका टोली हेल्प नेपाल, पुलिस, आर्मी र एपिएफको शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना कायमै छ।

पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।

शुक्रबार पुलिसले एपिएफ तथा आर्मीले टिपटप हेल्प नेपाल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई खेलमा जित निकाल्ने दुई टोली फाइनलमा पुग्नेछन्। प्रतियोगिताको महिलातर्फ खेलमा भने आर्मी र एपिएफले जित निकाले।

आर्मीले एकपक्षीय खेलमा एभरेस्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गर्‍यो। यस्तै अर्को खेलमा एपिएफले न्यु डायमन्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित गर्‍यो। ६ टोली सम्मिलित महिलातर्फ पुलिसको चार खेलबाट १२ अंक, एपिएफको पाँच खेलबाट ११ अंक, न्यु डायमन्ड चार खेलबाट ८ अंक, आर्मीको चार खेलबाट ५ अंक, गण्डकी चार खेलबाट तीन अंक र एभरेस्ट पाँच खेलबाट अंकविहीन छ। महिलामा अंकका आधारमा पुलिस फाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित: २९ असार २०८० ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App