त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।
आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा आर्मीले आज नेपाल एपीएफ क्लबलाई ३-२ को सेटले हराएको हो।
आर्मीको यो लगातार चौथो जित हो।एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो।
प्रतियोगितामा पुरुष तर्फ ७ तथा महिला तर्फ ६ टोलीको सहभागीता रहेको छ।महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोली फाईनलमा पुग्नेछन।
प्रकाशित: २७ असार २०८० १२:५४ बुधबार