१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्ण विजेता धिमाल स्वदेश फिर्ता

माल्दिभ्सको मालेमा भएको १३औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ललितलाई सफलताका लागि बधाइ दिँदै भने ‘कठोर परिश्रमका कारण तपाईंले सफलता प्राप्त गर्नुभयो। राष्ट्रिय खेलकुद परिषद्, शारीरिक सुगठनको मात्र नभई सिंगो देशको शिर उचो बनाउनुभएको छ, सफलतका लागि हार्दिक बधाई।’ त्यसअघि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, शुभचिन्तकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ललितलाई बाजागाजासहित भव्य स्वागत गरेका थिए।

असार २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा ललितले पुरुष ७५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन्। मिस्टर हिमालय उपाधिविजेता ललितको स्पर्धामा ६ खेलाडी सहभागी थिए। आफ्नो स्पर्धामा स्वर्ण जितेका ललितले ओभरअल च्याम्पियन मिस्टर दक्षिण एसियाको उपाधिको लागि पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। ओभरअलमा भारतीय खेलाडी च्याम्पियन बने। दक्षिण एसियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित दशौं स्थानमा रहे।  

खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। इरानका खेलाडीले बाजी मार्दै पाँच हजार अमेरिकी डलर पुरस्कार जिते। प्रतियोगिताको अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास रहेका छन्। प्रतियोगितामा दिनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २६ असार २०८० ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App