१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भारतीय सेखले गरे उपाधि रक्षा

फाइल तस्वीर

भारतीय इन्टरनेसनल मास्टर मोहम्मद नुबैरसाह सेख दक्षिण एसियाली चेस च्याम्पिनसिपको उपाधि रक्षा गरेका छन्।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा गोदावरीमा आइतबार सम्पन्न च्याम्पियनसिपको नवौं चरणमा नेपालका फिडेमास्टर क्षितिज भण्डारीलाई हराउँदै नुबैरले उपाधि रक्षा गरेका हुन्। उनले एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरे।

सन् २०१९ मा बंगलादेशको ढाकामा सम्पन्न पहिलो संस्करणका विजेतासमेत रहेका नुबैरले यस पटक अपराजित रहँदै उपाधि जितेका हुन्। राउन्ड रोबिन प्रणालीमा सम्पन्न च्याम्पियनसिपमा नुबैरले ९ खेलबाट ८.५ अंक बनाए।

नेपाल च्याम्पियन फिडेमास्टर रूपेश जयसवालसँग बराबरीको नतिजा सामना गरेका नुबैरले बाँकी सबै खेलमा भने जित निकाले। च्याम्पियनसिपका एक मात्र ग्रान्ड मास्टर सयान्तन दास ७.५ अंकका साथ दोस्रो भए। उपाधि विजेता नुबैरसँग पहिलो चरणमा अंक गुमाएका दासले नेपालका रूपेशसँग पनि बराबरीको नतिजा सामना गरेका थिए। अन्य सात खेलमा भने जित निकाल्दै उनले एक लाख नगद पुरस्कार पाए। नेपालका रूपेश जयसवाल तेस्रो स्थानमा रहँदै ६० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। रूपेशले ९ खेलबाट ६ अंक जोडे।

नेपालका अर्का फिडे मास्टर क्षितिज भण्डारी ५.५ अंकसहित चौथो स्थानमा खुम्चिए। महिलातर्फ पनि भारतकै इन्टरनेसनल मास्टर साक्षी चितलाङ्गेले उपाधि जितिन्। उनले शतप्रतिशत नतिजासहित नगद एक लाख रूपैयाँ हात पारिन्।

बंगलादेशकी वादिफा अहमद ५.५ अंकका साथ दोस्रो स्थानमा रहिन्। नेपाल च्याम्पियन फिडेमास्टर सुजना लोहनी तेस्रो भइन्। उनले ४.५ अंक जोडिन्। वाहिदाले ६० हजार सुजनाले ४० हजार रूपैयाँ पाए। दक्षिण एसियाली राष्ट्रहरू आयोजक नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेको च्याम्पियनसिप मंसिर ३० गतेबाट सुरु भएको थियो। 

प्रकाशित: ४ असार २०८० ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App