१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बक्सिङका १३ खेलाडी छनोट

१९औं एसियाली खेलकुदअन्तर्गत बक्सिङतर्फ ६ महिला र ७ पुरुष गरी कुल १३ खेलाडी छनोट भएका छन्।

आइतबार सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण केन्द्रमा महिलातर्फ ५० केजी तौलसमूहमा नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङले यचटुओकी अस्मिता दुवाललाई स्प्लिट डिसिजन ५–२ को आधारमा पराजित गरिन् भने ५४ केजी तौलसमूहमा आर्मीकी मीनु गुरुङले बक्समान्डुकी अन्जली तेलीलाई ४–१ को आधारमा पराजित गरिन्।

त्यस्तै ५७ केजी तौलसमूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरीकी निशा तामाङलाई युनानिमस ५–० को आधारमा पराजित गर्दा ६० केजी तौलसमूहमा एपिएफकी संगीता सुनारले आर्मीकी वर्षा श्रेष्ठबाट वाकओभर पाइन्।

१९औं एसियाली खेलकुदअन्तर्गत बक्सिङतर्फ ६ महिला र ७ पुरुष गरी कुल १३ खेलाडी छनोट भएका छन्।

यता ६६ केजी तौलसमूहमा एपिएफका विनीता थापामगरले आर्मीकी निरु गुरुङलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गरिन् भने ७५ केजी तौलसमूहमा एपिएफकी सरस्वतीले एपिएफकै मनिता राईलाई पराजित गरिन्।

यस्तै पुरुषतर्फ ५१ केजी तौलसमुहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजनका आधारमा ५–२ ले पराजित गर्दा ५७ केजी तौलसमुहमा एचटुओका बुद्ध ग्याम्जो लामाले बोसीगाँउ क्लबका सुलभ मालीलाई स्प्लिट डिसिजनको आधारमा ४–१ ले पराजित गरे।

यता ६३.५ केजी तौलसमूहमा जेनेक्सका मौसम रानामगरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापामगरले जित हासिल गरे। भूपेन्द्र १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन्।

७१ केजी तौलसमूहमा आर्मीका दीपेश लामाले सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई अंकका आधारमा ४–१ ले पराजित गरे। त्यस्तै पुरुष ८० केजी तौलसमुहमा आर्मीका दीपक श्रेष्ठले बक्समान्डुका मनोज तामाङलाई वाक ओभरको आधारमा पराजित गरे।

यता ६३.५ केजी तौलसमूहमा जेनेक्सका मौसम रानामगरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापामगरले जित हासिल गरे। भूपेन्द्र १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन्।

यता ९२ केजी तौलसमूहमा गण्डकीका दीपक सुनवारले ४–० को अंकका आधारमा एपिएफका रविन नेपाललाई पराजित गरे। विजेता सबै एसियाली खेलकुदका लागि छनोट हुँदा ९२ प्लस किलो तौलसमूहमा आर्मीका आशिष दवाडी छनोट भए।

प्रकाशित: ४ असार २०८० ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App