१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।  

म्यान्मारमा आज भएको  तेस्रो तथा अन्तिम खेलमा  नेपाल चाईनिज ताइपेसँग ५-०  गोलले पराजित भए पछि तीन खेलमा कुनै गोल नगरी १५ गोल खान पुगेको हो। 

समूह बी मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० कै हार बेहोरेको थियो। यस समूहमा नेपाल कुनै खेल जित्न नसकि पुछारमा रह्यो ।

यस अघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो।समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो।

प्रकाशित: २७ जेष्ठ २०८० १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App