उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लव विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ।
शहीद स्मारक ए डिभिजन लिगको खेलहरुमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो।
‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लवबिरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौँ स्थानमा झरेको छ।मच्छिन्द्र समान खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा यथावत छ।
रोमाञ्चक र प्रतिष्पर्धात्मका बनेको खेलमा १७ औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले शुरुवाती अग्रता लिएको थियो। तर ६० औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो।आर्मी लिगमा मच्छिन्द्रबिरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो।
प्रकाशित: १३ जेष्ठ २०८० १३:०३ शनिबार





