४ वैशाख २०८१ मंगलबार
खेल

दोश्रो बागमती प्रदेश खेलकुद

सुजित र डिना उत्कृष्ट खेलाडी

मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन्।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन्। सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए। पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते। महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते।

दश हजार मिटर दौडमा महिलातर्पm सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन्। उनले ४७।१ मिनेट समय निकालिन्।दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरिन्। यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते। काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन्।उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन्।ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते। यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४।१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे।

काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते।चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो। पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते।पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते। उनी १३।१९ मिटर उचाईमाथि उफ्रिए। चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए।

महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन्। काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते। जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन्। रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए। पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए। उनले ४९.४० मिटर पर फ्याके।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते।

पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए। सुजितले तीन स्वर्ण र एक रजत पदक जिते। डिनाले दुई स्वर्ण र एक रजत जिते। प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित टिम च्याम्पियन भयो। त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो। रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो। दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते।

प्रकाशित: १० जेष्ठ २०८० १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App