२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मान गरिने

फाइल तस्बिर।

राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई बुधबार विराटनगरमा सम्मान गरिने भएको छ।

काठमाडौंमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपालले क्रिकेट खेलमा इतिहास रचेको थियो। नेपालले ऐतिहासिक जित निकाल्दै एसिया कपमा सहभागिता जनाउने भए पछि विराटनगरका तीन औद्योगिक संगठनले राष्ट्रिय टोलीका खेलाडीलाई संयुक्त रुपमा सम्मान गर्ने भएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा खेलाडीहरूलाई सम्मान गर्न लागेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए।

उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्वमा क्रिकेट खेलको माध्यमबाट देशको नाम राख्न सफल भएको चर्चा गरे। खेलाडीहरुले मनोबल अझ उच्च राख्दै आगामी खेलमा पनि जितको निरन्तरता दिन विराटनगरका औद्योगिक संगठनहरुले संयुक्त रुपमा शुभकामना दिँदै हौसला प्रदान गर्नका लागि सम्मान गर्न लागेको अध्यक्ष राउतले बताए।

विश्व क्रिकेट खेलमा वर्चस्व कायम गर्न सफल भएका भारत, पाकिस्तान जस्ता राष्ट्रसँग एसिया कपमा खेल्ने अवसर नेपाललाई प्राप्त भएको छ।

राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियललाई विराटनगर महानगरपालिकाको बजार क्षेत्र परिक्रममा गराउने र त्यस पश्चात् उनीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक तथा पूर्व क्रिकेट खेलाडी पारस लुनियाले जानकारी दिए।

त्यसै गरी नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारका लागि ३ वटा संस्थाले आर्थिक सहयोग गर्ने भएका छन्।

प्रकाशित: २५ वैशाख २०८० १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App