१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

ए डिभिजन लिग : हिमालयनसँग सातदोबाटो पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ।  

आज च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो।

हिमालयनको जितमा खामिर गिल्सनले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।  

हिमालयनको यो चौंथो जित हो।हिमालयनले १४ खेलमा १७ अंक जोडेको छ।यो जितसंगै हिमालयन आठौं स्थानमा उक्लिएको छ ।सातदोबाटोको यो चौंथो हार हो।सातदोबाटो १४ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

प्रकाशित: २० वैशाख २०८० १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App