३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई झट्का, लगातार तीन विकेट झर्यो

नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध खेलिरहेको छ।  नेपालले लगातार तीन विकेट गुमाएको छ। पहिलो विकेटमा ओपनर कुशल भूर्तेल ४३ रन बनाएर आउट भए। भने लगत्तै आएका भीम सार्की पनि एक रनमा आउट भए। तेस्राे विकेटमा आशिफ शेख र आउट भए ।

ओपनर कुशल भुर्तेल अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट भए भने भीम साकीलाई मोहम्मद अस्लमले शिकार बनाए।  र आशिफ शेखलाई पनि अदनन् इद्रिसले आउट गरे।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो। भूर्तेलले ६ चौका एक छक्का सहित ३७ रन बनाए। भने शेखले १ चोक र ३ छक्कासहित गरी ३१ रन बनाएर खेलिरहेका थिए। 

टस जितेर कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाललाई ब्याटिङको निम्ता पाएको थियो।  

आजको खेलमा नेपालका गुलशन झालाई बेन्चमा राखेर करण केसीलाई मैदानमा उतारिएको छ।  खेल टियु क्रिकेट मैदानमा हुँदै छ। घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन्। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग १ सय ४३ रन फराकिलो अन्तरले हारेको थियो।  

प्रकाशित: १६ वैशाख २०८० ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App