नेपाल उपविजेता बन्दै एसिसी महिला यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा भारी वर्षा भएपछि भारतसँग अंक बाँड्न बाध्य भएपछि नेपाल उपविजेतामा सीमित भएको हो । भारतसँग समान ३ अंक भएपनि नेपाल रनरेटमा पछि परेको हो । भारत भने समूह विजेता बन्यो । भारतसँग अंक बाँडेपछि नेपाल मात्र एक अंकसहित सुपर ओभरमा प्रवेश गरेको हो ।
समूह 'ए'बाट भने बंगलादेश र श्रीलंका सुपर फोरमा प्रवेश गरेका छन् । सुपर फोरमा बगलादेशको २ अंक रहनेछ भने श्रीलंकाको शुन्य अंक हुनेछ ।
सुपर फोरको आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्नेछ । अर्को खेल शुक्रबार बंगलादेशसँग हुनेछ । भारतले बिहीबार बगलादेश र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
सुपर फोरमा शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्नेछन् ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा बिना क्षति २८ रन बनाएपछि पानी परेर खेल रोकिएको थियो ।
यसअघि टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । क्याप्टेन पूजा महतोले २५ र अनिशा कुमारी यादवले नटआउट २० रन बनाएकी थिइन् ।
भारतका लागि परुनिका सिसोडियाले ४ विकेट लिए ।
प्रकाशित: २ पुस २०८१ १५:२७ मंगलबार