४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

दशौँ कीर्तिपुर नगरपालिका अन्तर वडा वडा बास्केटबल सुरु

मेयर खेलकुद कार्यक्रम अन्तर्गत दशौँ कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबार सुरु भएको छ।

कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो।सो खेलमा साफरिना मानन्धरले सर्वाधिक १७ स्कोर गरिन  ।पुरुष बास्केटबलको उद्घाटन खेलमा पनि वडा नं ३ ले वडा नं ९ लाई ६९–५१ स्कोरमा पराजित गर्यो । सो खेलमा आसिस थापा मगरले सबैभन्दा बढी २५ स्कार गरे।

नगरप्रमुख राजकुमार नकर्मीले शनिबार मेयर खेलकुद कार्यक्रमको उद्घाटन गरेका हुन्।यस खेलकुद कार्यक्रममा बास्केटबल बाहेक भलिबल र ब्याड्मिन्टन पनि छन्। 

प्रकाशित: ९ वैशाख २०८० १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App