२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कुशल मल्लले हाने अर्धसतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले अर्धसतक हानेका छन्। मल्लले २९ बलमा ५० रन हाने। उनको अर्धसतकमा ६ चौका र ४ छक्का रहेका छन्।  

पाँचौ विकेटका लागि आएका कुशलले सम्हालिएर ब्याटिङ गर्दै नेपालको रन उकासेका छन्। खराब सुरुवात गरेको नेपालको ब्याटिङ कुशल र आरिफ शेखले सम्हालिरहेका छन्।  

यो समाचार तयार पार्दासम्म नेपाल चौथो विकेटको क्षतिमा ३१ औं ओभर खेल्दै १४३ रनको स्थितिमा छ। यसअघि नेपालले दुई ओपनर कुशल भूर्तेल र आशिफ शेखलाई शुन्यमा गुमाएको थियो । तेस्रो विकेटको लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए।

रोहितले ३४ बलमा २ चौकासहित २३ रनमा आउट भए भने भीम सार्की ३३ रनमा आउट भए। 

प्रकाशित: ८ वैशाख २०८० ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App