८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतबार फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९औं मिनेटमा दीपेश गुरुङले गोल गरेका थिए। उनै दीपेश म्यान अफ दी म्याच घोषित भए।

जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ। थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लब बीचको विजेतासँग खेल्नेछ। खेल चैत १६ गते हुनेछ। प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दीले बाग्मती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रूपैयाँ र उपविजेताले १० लाख रूपैयाँ प्राप्त गर्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ६, विदेशी टोली २ र मोफसलका एक गरी १० टोलीको सहभागिता रहेको छ।  

प्रकाशित: १३ चैत्र २०७९ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App