८ वैशाख २०८१ शनिबार
खेल

यु १७ः नेपाल र रुस भिड्दै

फाइल तस्विर

साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रुससँग प्रतिष्पर्धा गर्दैछ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा नेपालले रुससँग प्रतिष्पर्धा गर्न लागेको हो।नेपाल र रसिया बीचको खेल साँझ ७ बजेबाट शुरु हुनेछ। नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ।

 नेपाल २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ। यसअघिको खेलमा नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५—० ले हराएको थिय ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ।

प्रकाशित: १२ चैत्र २०७९ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App