३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शेखरको अनुमानः भदौ २३ र २४ को घटना ‘हाप सर्कल’ मात्रै!

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गतेको घटना एक भाग मात्रै भएको बताउँदै अर्को त्यस्तै भाग नेपालले ब्यहोर्नुपर्ने पूर्वानुमान गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।  

‘जेन–जी आन्दोलन के केपी ओलीको सरकार ढाल्न र ७६ जनाको हताहती गर्न मात्रै भएको हो? ०८४ को चुनाव ०८२ मा ल्याउन मात्रै भएको हो? त्यो त होइन होला,’ शेखरले भने, ‘मैले भन्ने गरेको छु भदौ २३ र २४ को घटना हाफ सर्कल मात्रै हो। अब हाफ सर्कल बाँकी छ। त्यो के हो? आई डन्ट नो।’  

अहिले बुझ्नै गाह्रो भएको उनले बताए। ‘ल २३ गतेको त सरकारको दमन भन्नुस्, कलिला केटाकेटी हताहत भए। तर, २४ गतेको घटना?,’ उनले प्रश्न गरे।  

२४ गतेको घटना घटाउन नेपालीहरूको त्यत्रो क्षमता नै नभएको पनि कोइरालाले दाबी गरे। ‘६ घण्टामा देशभरी एकैचोटी बाल्ने नेपालीहरूको क्षमता छ? जेन–जीको छ? मलाई लाग्दैन,’ उनले भने। यो विषय खोज गर्नुपर्ने र अनुसन्धान गर्ने मान्छे र संस्थाहरूले खोजी गर्नुपर्ने उनले बताए।  

ती घटनामा नेपालको लोकतन्त्र, लोकतान्त्रिक विरासत बोकेका संस्था र जनप्रतिनिधिमूलक संस्थामा छानीछानी आक्रमण भएको बताउँदै यसलाई सामान्य लिन नमिल्ने बताए।  

यस्तै नेपालको घटनालाई सार्क राष्ट्रका अन्य देश, बाङ्ग्लादेश, श्रीलंकालगायतका देशमा भएका घटनासँग जोडेर पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिए।  

तर, यो अनुसन्धान वर्तमान सरकारबाट हुनेमा आफू विश्वस्त नरहेको पनि उनले टिप्पणी गरे।  

प्रकाशित: ९ पुस २०८२ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App