१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इटहरी गोल्डकपः उपाधिको लागि चर्च ब्वाइज र सगरमाथा भिड्दै

इटहरीमा जारी १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाईज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब मोरङ भिड्ने  छन्। 

इटहरी रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाईज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथासँगको उपाधि भिडन्त पक्का गरेको हो। आर्मीका दिपक गुरुङले आत्मघाती गोल गरेपछि चर्च ब्वाईज उपाधि नजिक पुगेको हो।

२२ औँ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी बेम्पाले प्रहार गरेको थ्री किकलाई दिपकले हेडर गरेर क्लियर गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो। पहिलो हाफमा पाएको ३ वटा अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एक मात्र अवसरलाई पनि सुशान्त चौधरी खेरा फाले पछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको हो। दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको चर्च ब्याइजका विदेशी खेलाडी फ्रेकलिंक ताल्ला म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार पाए। 

आर्मीका प्रशिक्षक नविन न्यौपानेले अपेक्षा अनुसार बल नियन्त्रणमा राख्न नसक्दा पराजित भएको बताए। ‘गोलरक्षक र डिफेन्डर बिचको तालमेल नहुँदा गोल व्यहोनु परियो,’  उनले भने, ‘विपक्षीको कम्प्याट डिफेन्सलाई तोड्न नसक्दा गोल स्कोर भएन।’ न्यौपानेले पाएको २ वटा महत्त्वपूर्ण अवसर सदुपयोग नहुनु नै पराजयको कारण भएको बताए।

चर्च व्बाइजका प्रशिक्षक प्रदिप हुमागाईले खेलबाट सन्तुष्ट भएको बताए। ‘अघिल्लो खेलका केही खेलाडीलाई विश्राम दिएर नयाँ खेलाडीको प्रयोग सफल भयो,’ उनले भने, ‘खेलाडी बिचको समन्वय सफल हुनु खुसीको विषय भयो।’ हुमागाईले रेफ्रीको निर्णय प्रति सन्तुष्टि व्यक्त गर्दै नेपाली रेफ्रीहरु क्षमतावान रहेको प्रतिक्रिया दिए। 

शनिबार हुने फाइनलमा चर्च व्वाइजले डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबसँग खेल्नेछ। यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३–१ गाेल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरेको थियो। यी दुई टिमबिचको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ९ चैत्र २०७९ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App