coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

यु-१७ टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने यु-१७ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ।

शुक्रबार एन्फाले एक कार्यक्रमको आयोजना गरेर मार्च २० देखि ३० सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो। टोलीलाई कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कार्यवाहक महासचिव तथा सहमहासचिव दामोदर भट्टराई लगायतका पदाधिकारीले बिदाइ गरेका हुन्। बिदाइपछि बोल्दै कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले टोलीलाई शुभकामान दिए। टोली शनिबार विहान बंगलादेशतर्फ प्रस्थान गर्नेछ।

दक्षिण एसियाका देशबाहेक रूसको पनि सहभागिता रहने च्याम्पियनसिप सिंगल राउन्ड रोबिन प्रणालीमा हुनेछ। बंगलादेशको राजधानी ढाकामा आयोजना गर्न लागिएको साफले तालिका पनि सार्वजनिक गरिएको छ। जस अनुसार नेपालले पहिलो खेल मार्च २० मा भारतविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ गर्नेछ। दोस्रो खेल नेपालले मार्च २२ मा भुटानविरुद्ध खेल्दा तेस्रो खेल मार्च २६ मा रूससँग र अन्तिम खेल मार्च २८ बंगलादेशविरुद्ध खेल्नेछ। लिगका सबै खेलपछि शीर्ष स्थानमा रहने टोली च्याम्पिन बन्नेछ। नेपाल अघिल्लो सिजनको विजेता हो।

नेपाली टोली:

गोलकिपर: सुजाता तामाङ, राधिका ओली, करुण बुढाथोकी,

रक्षक: अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिम्रन राई, विपना स्नेही, रेनु लिम्बु जबेगु,

मिडफिल्डर: माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, शुक्रिया मियाँ, भावना परियार, पुनम चेम्जोङ,

फरवार्ड: दीपा रोकाया, वर्षा ओली, सेनु परियार।

प्रकाशित: ४ चैत्र २०७९ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App