४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

देउराली डोजोद्वारा खेलाडी सम्मानित

 नेपाल सितोरियो कराते डो संघ देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो। दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका अमिर राणा, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण जितेका आशिष थापा र कांस्य विजेता रिकेश भण्डारी तथा एनआरएनए करातेका स्वर्ण विजेता करण चौधरी सम्मानित भए। रिकेश र करण नगद ५ हजारसहित सम्मानित भए।  

सम्मानित हुने १९औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीमा आशिका राई, महिमा राई र रिकेश भण्डारी छन्। सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जन तथा राखेप कर्मचारी संघका नवनिर्वाचित महासचिव कुमार बस्नेतलाई पनि सम्मान गरियो। त्यसै अवसरमा देउराली डोजोका अध्यक्ष राजेश जोशीलाई भीमसेनगोला मावि व्यवस्थापन समितिको अध्यक्षमा तेस्रो कार्यकालका लागि चयन भएकोमा सम्मान गरिएको थियो। उनीहरूलाई काठमाडौं महानगरपालिका–३१ का अध्यक्ष सरोज ढकाल, राखेपका सदस्य जनक बर्तौला, नेपाल कराते महासंघका उप–महासचिव ओमकृष्ण प्रसाईं, देउराली डोजोका प्रमुख प्रशिक्षकसमेत रहेका १०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

प्रकाशित: २३ फाल्गुन २०७९ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App