दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ कोशीले लुम्बिनी प्रदेशलाई १—४ गोलले पराजित गरेको छ।
कोशीका लागि मिलन राईले १२ औँ र ३२ औँ मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औँ तथा सौरभ लिम्बुले ६४ औँ मिनेटमा गोल गरे।
लुम्बिनीका लागि एक मात्र सान्त्वना गोल खेलको ५९ औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए। कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औँ मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो। रातो कार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिबन्ध लागेको छ।
यस्तै सो खेलमा लुम्बिनीका फागुराम चौधरीले पहेँलो कार्ड पाएका थिए। पहिलो खेलमा पनि चौधरीले पहेँलो कार्ड पाएका थिए। उनलाई पनि एक खेलको प्रतिबन्ध लागेको छ।
म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ भने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंकविहीन भएको छ।
प्रकाशित: ११ मंसिर २०८३ ११:५४ शुक्रबार





-600x400.jpg)