क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ वजेदेखि सुरु भएको नेपाल र नामिबियाबीचको खेलको दोश्रो इनिङ भईरहेको छ।
नेपालले १२ ओभरमा १ विकेट गुमाएर ५० रन बनाएको छ।
टस हारेर पहिला बलिङ गरेको नामिबियाले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएपछि घरेलु टोलीले जितको लागि २७५ रन बनाउनु पर्ने भएको छ । अहिले आसिफ सेख र ज्ञानेन्द्र मल्ल क्रिजमा छन ।आसिफले ३५ बलमा १ छक्का र ३ चौक्कासंगै २८ रन बनाएर खेलिरहेका छन।
त्यसैगरी ज्ञानेन्द्र मल्ल ३५ बलमा २ चौक्कासंगै १६ रन बनाएर खेलिरहेका छन । कुसल भुर्तेल १ रन बनाएर आउट भएका छन। नेपाली खेलाडीको हौसला बढाउन क्रितिपुर क्रिकेट मैदान हजारौको संख्यामा नेपाली प्यानहरु उपस्थीत रहेका छन।
प्रकाशित: ६ फाल्गुन २०७९ ०८:१६ शनिबार





