१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

नामिबियाविरुद्धको खेल जित्न नेपालले २७५ रन बनाउनु पर्ने

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत  नामिबियाविरुद्धको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ ।  

क्रितिपुर क्रिकेट मैदानमा भईरहेको यो खेलमा नेपालले टस जितेर पाहुना टोली नामिबियालाई पहिला व्याटिङ गर्न लगाएको हो । नामिबियाले पहिलो व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाए पछि नेपालले जितको लागि २७५  रनको लक्ष्य पाएको हो ।

 नेपालका लागि सन्दीप लामिछाने १० ओभर बलिङ गर्दै ४६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । त्यसैगरी करन केसीले ९ ओभरमा  ७४ रन दिएर १ विकेट लिए । अन्तिम ओभरमा करनले १ छक्का र ४ चौक्कासंगै २५ खर्चे । सोमपाल कामीले ९ ओभर वलिङ गरेर ५३  रन दिए । सोमपालले एक जनालाई रन आउट गरे । दिपेन्द्रसिंह एैरीले १० ओभर एक जनालाई रन आउट गदै ३७ रन दिए । कप्तान रोहित पौडेलले ६ ओभरमा २४ खर्चे । त्यसैगंरी कुसल मल्लले ४ओभरमा १९ रन खर्चे ।  गुल्सन झाले २ ओभरमा २० रन दिए ।  

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । एकदिवसीयको  मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।

प्रकाशित: ६ फाल्गुन २०७९ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App