coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

वर्णवालले जिते उपाधि

पोखरा- मोफसलको ठूलो पुरस्कार राशिको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिर काठमाडौंका अर्जुन वर्णवालले जितेका छन्। उनले १ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित ट्रफी उचाले। उनी ७५ केजी तौल समूहका विजेता हुन्।  उपाधिका लागि पहिलो संस्करण विजेता रामबहादुर दाहालले पनि प्रतिस्पर्धा गरेका थिए। उनीसँगै भर्खर भुटानमा सम्पन्न ५० औं एसियन च्याम्पियनसिपको ७५ केजी तौलमा स्वर्ण जितेका महेश्वर महर्जन पनि प्रतिस्पर्धा थिए। दुवैको चुनौती पन्छाउँदै वर्णवाल च्याम्पियन भए।

५५ केजीबाट कमल भण्डारी फाइनल चरणमा पुगेका थिए। उनले समूह विजेता हुँदै १५ हजार पाए। ६० केजी तौलमा सन्जिव श्रेष्ठ स्वर्ण जित्दै फाइनल प्रतिस्पर्धामा उत्रिए। ६५ केजीबाट पूर्व च्याम्पियन रामबहादुर अन्तिम स्पर्धामा पुगेका थिए। ७० केजी तौलमा रामहरि खनालले स्वर्ण जिते।

आयोजक बुल्समेन क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङका अनुसार ५५ केजी तौलमा सुरेन्द्रप्रसाद बर्मा, गौरवप्रसाद श्रेष्ठ, कमल भण्डारी, सुशील बिन्दु र सुरेश गुरुङले प्रतिस्पर्धा गरेका थिए। ६० केजीमा रमेश कार्की, देवेन्द्र बज्राचार्य, सुपेन्द्र डंगोल, आशिष ढेवाजू, सञ्जिवकुमार श्रेष्ठ थिए। ६५ केजीमा रामबहादुर, अनिललाल श्रेष्ठ, अमितकुमार मण्डल, ताराबहादुर थापा क्षेत्री र किरण यादव थिए।

कार्यक्रममा शारीरिक सुगठनमा लामो समय बिताएका नारायण प्रधान, विभिन्न प्रतियोगितामा पदक जितेका सचित प्रधान र पत्रकार धन बस्नेतलाई सम्मान गरिएको थियो।

प्रतियोगितामा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बम, एनआरएन युकेका सल्लाहकार मुछेत्र गुरुङ, बुल्समेन क्लबका संरक्षक सुनील गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ लगायतले पुरस्कृत गरे।

प्रकाशित: २ आश्विन २०७३ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App