१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

रुपन्देहीको देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने भएको छ। लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो।  

सोमबार देवदहमा पत्रकार भेटघाटको आयोजना गर्दै उक्त प्रतियोगिताको विषयमा जानकारी गराइएको हो। लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष राहुल देव सापकोटाले देवदहका पर्यटकीय,ऎतिहासिक र धार्मिक क्षेत्रको प्रचारप्रसार, युवाहरुलाई खेलकुद संगै सामाजिक उत्तरदायित्व बोध गराउंदै सामाजिक संघ संस्थामा आबद्द गराउने साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

विगतमा कोभिड संक्रमणका बेला बाहेक नियमित रुपमा म्याराथन प्रतियोगिता भएको अवगत गराउंदै सँस्थाका पुर्व अध्यक्ष दिपेश बिक्रम मल्लले म्याराथन प्रतियोगिताले देवदहलाई देश र विदेशमा समेत चिनाउन सहयोग पुगेको बताए। म्याराथनको माध्यम बाट देवदहको पर्यटकीय क्षेत्रको प्रचार प्रसार, अर्थतन्त्र थोरै भए पनि चलायमान हुने विश्वास लिएको मल्लले बताए।

देवदहको बुद्दचोक सुरुवात बिन्दु रहेको म्याराथन प्रतियोगितामा देवदहको ऎतिहासिक, पर्यटकीय र धार्मिक स्थल भवानीपुर, पाकारी, बैरीमाइ, कन्यामाइ, मायादेवी एसोधारा लगायत पार्क समेटी १६ किलोमिटरको दुरी तय गरिएको म्याराथन प्रतियोगिता संयोजक बिबेक जंग कार्कीले बताए।

प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष धावकले जनही २५/२५ हजार,  द्वितीयले जनही १५ / १५ हजार  र तृतीय हुनेले जनही १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन।  म्याराथन प्रतियोगितामा सहभागिता हुन चाहाने प्रतियोगीले अनलाइन, फोन सम्पर्क तथा बिभिन्न दर्ता स्थल बाट नाम टिपाएर सहभागी हुन सक्ने क्लबले जनाएको छ।

प्रकाशित: २५ पुस २०७९ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App