अमेरिकाको म्याडिसन शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ।
सो घटनामा अन्य चार जना घाइते भएका छन्। घटनामा संलग्न आक्रमणकारीको पनि मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ।
प्रहरीले घटनास्थलबाट एक हाते झोला बरामद गरेपनि कारणबारे अझै केही क्लु पाउन सकेको छैन। प्रहरीले पीडित वा आक्रमणकारीको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन।
बीबीसीले घटनामा संलग्न आक्रमणकारी महिला भनेको छ। घटनाबारे थप विवरण प्राप्त गर्न म्याडिसन प्रहरीले प्रत्यक्षदर्शीहरूलाई बयानका लागि आह्वान गरेको छ।
प्रकाशित: २ पुस २०८१ ०८:४९ मंगलबार